रुस र युक्रेनबीच तनावः नेटो सेनाले सीमा क्षेत्रमा खटायो साढे ८ हजार सेना

रुस र युक्रेनबीच तनावः नेटो सेनाले सीमा क्षेत्रमा खटायो साढे ८ हजार सेना



एजेन्सी । रुस र युक्रेनबीच तनावका बीच नेटो सेनाले आफ्नो सेना पूर्वी युरोपको सीमामा तैनात गर्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेन तनावलाई मध्यनजर गरी करिब ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ । रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको अमेरिकासहितका पश्चिमा राष्ट्रको आरोप छ ।

युक्रेनसँगको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेको रुसले भने सैन्य आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ । रुसी गतिविधिको साझा प्रतिवादको योजनामा रहेको पश्चिमा राष्ट्रहरु निरन्तर छलफलमा छन् । पेन्टागनले अहिलेसम्म सेना तैनाथ गर्ने सम्बन्धमा कुनै निर्णय नभएको जनाएको छ । डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससहितका नेटो सदस्य राष्ट्रहरुले युरोपेली क्षेत्रको सुरक्षा अवस्थामा रुसी जोखिम बढेको भन्दै सुरक्षा मजबुद बनाउन युद्ध विमान तथा वारसिप पूर्वी युरोपमा पठाउनेबारे छलफल भएको बताइएको छ ।