कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव बने राष्ट्रिय सभा सदस्य

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव बने राष्ट्रिय सभा सदस्य



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । उनी बागमतीबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् । बुधबार सम्पन्न राष्ट्रिय सदस्यको निर्वाचनमा उनी सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र पौडेल चार हजार सात सय ९४ मतभारसहित विजयी भएका हुन् । उनलाई २०७४ सालमा देउवा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेपनि राष्ट्रपतिले रोकेकी थिइन् ।

यस्तै बागमती प्रदेशबाटै सत्ता गठबन्धनकी उम्मेदवार गोमादेवी तिमल्सिना पनि विजयी भएकी छन् । उनी चार हजार आठ सय २४ मतभार ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनी नेकपा एकीकृत समाजवादीकातर्फबाट उम्मेदवार बनेकी हुन् ।