कांग्रेसद्वारा भातृ संस्थाहरुको वर्तमान कमिटी भंग, फागुनभित्र तदर्थ समिति

कांग्रेसद्वारा भातृ संस्थाहरुको वर्तमान कमिटी भंग, फागुनभित्र तदर्थ समिति



काठमाडौं । नेपाली कांग्रेसले कार्यकाल सकिएका भातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसमा भातृ संस्थाहरू महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नेतृत्व विहीन थियो । कांग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको थियो । भंग गरिएका भातृ संस्थामा नयाँ कमिटी ल्याइने छ । नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिइएको छ ।

प्रवक्ता महतका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।