कांग्रेसले स्थानीय निर्वाचनलक्षित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान चलाउने

कांग्रेसले स्थानीय निर्वाचनलक्षित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान चलाउने



काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्ने भएको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्र्णय गरेको हो ।

‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्ने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने । उनका अनुसार यो अभियान २० फागुनबाट शुरु हुनेछ ।