काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । एमालेका सांसदहरूको अवरोध जारी रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मन्त्री बडुले आयोगको आर्थिक वर्ष २०७७/०७८ प्रतिवेदन प्रस्तुत गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा नारावाजी गर्ने एमाले सांसदहरूलाई अवरोध अन्त्य गर्न आग्रह गरे पनि अवरोधलाई जारी राखेका थिए ।
प्रतिक्रिया