आफूहरूको माग सम्बोधन नगरी संसद बैठक चल्न दिँदैनौँः योगेश भट्टराई

आफूहरूको माग सम्बोधन नगरी संसद बैठक चल्न दिँदैनौँः योगेश भट्टराई



काठमाडौं । नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराईले आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताएका हुन् । एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ ।