राष्ट्रपतिबाट आवासीय राजदूत आचार्यले लिए शपथ

राष्ट्रपतिबाट आवासीय राजदूत आचार्यले लिए शपथ



काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । उक्त अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्य अधिकारीको उपस्थिति थियो।