एमसीसीबारे सहमति बन्न सकेन, गठबन्धनको बैठक शुक्रबार बिहान ९ बजे पुन: बस्ने

एमसीसीबारे सहमति बन्न सकेन, गठबन्धनको बैठक शुक्रबार बिहान ९ बजे पुन: बस्ने



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । भोलि बिहान ९ बजे पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुसंगकाे बैठक विना निष्कर्ष टुंगिएको हाे ।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । देउवाले अमेरिकाले दिएको फेब्रुअरी २८ सम्म निष्कर्षमा पुर्‍याउनुपर्ने प्रस्ताव गरेकाे स्रोतले भन्याे । बालुवाटार स्रोतले भन्याे, ‘आजको बैठक सकियो। गठबन्धन बचाउनु पर्छ भन्नेमा सबैको जोड छ तर अडान यथावत छ। संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे छलफल भयो । भोलि बिहान बैठक बसेर थप छलफल हुने छ ।’

बैठकमा प्रधानमन्त्री देउवा, नेपाली कांग्रेसबाट नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई सहभागी थिए। यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव भने सहभागी छैनन्। उनी राजधानीबाहिर भएकाले उपस्थित हुन सकेनन्।