प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे

प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल जारी रहेको छ । सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका छन् । यतिबेला ओली र देउवाबीच छलफल जारी रहेको छ । एमसीसीका विषयमा सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।