एमसिसी सकस: सत्ता गठबन्धनकाे बैठक बस्दै

एमसिसी सकस: सत्ता गठबन्धनकाे बैठक बस्दै



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनकाे बैठक आज बिहान बस्दैछ । एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेकाे हाे ।

कांगेसले एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् । तर १६ फागुनभित्र एमसिसीबारे निर्णय लिइसक्नुपर्ने बाध्यता रहेकाले गठबन्धनमा दाैडधुप बढेकाे हाे । आज दिउँसाे १ बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ ।