सत्तारुढ गठबन्धनको बैठक निश्कर्ष विहिन: आजको संसदमा एमसीसी पेश नहुने, अर्को बैठक ८ गते बस्ने

सत्तारुढ गठबन्धनको बैठक निश्कर्ष विहिन: आजको संसदमा एमसीसी पेश नहुने, अर्को बैठक ८ गते बस्ने



काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको आजको बैठक पनि विना निश्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतकाअनुसार बैठकस्थलबाट नेताहरू बाहिरिएका छन् । शीर्ष नेताहरुको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।

गठबन्धनमा आवद्ध दलहरुबीच एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अलग्गै बैठक भएको थियो ।

गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष यादव उपस्थित थिए । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर केही दिनदेखि गठबन्धनको बैठक बस्दै आएको छ । तर कुनै सहमति जुट्न सकेको छैन ।