युनिस नामक आँधीले युरोपमा १६ जनाको मृत्यु

युनिस नामक आँधीले युरोपमा १६ जनाको मृत्यु



लन्डन । युनिस नामक आँधीबाट प्रभावित केही युरोपेली मुलुकहरुमा १६ जनाको मृत्यु भएको खवर छ । आँधीका कारण बेल्जियम, नेदरल्याण्डस, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतका नागरिकहरुको मृत्यु भएको बताइएको छ ।

आँधीका कारण रुख ढल्नुका साथै भग्नावशेष उडाएर ल्याउँदा सर्वसाधारणको मृत्यु भएको हो । आँधीका कारण युरोपका दशौं लाख घर तथा व्यापारिक केन्द्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

साथै यातायात संजाल अस्तव्यस्त बनेको छ । आँधीका कारण उत्तरी सागरमा हराएका २६ वटा खाली ढुवानी कन्टेनरहरू फेला पार्ने प्रयास गरिरहेको डच कोस्टगार्डले बताएका छन् । शुक्रबार १२० माइल प्रतिघण्टा भन्दा बढीको बेगमा आँधी आएको हो । मृत्यु हुनेमा चार जना नेदरल्याण्ड, चार जना पोल्याण्डका रहेका छन् ।

यसैगरी तीन जना बेलायत, जर्मनीमा दुई, बेल्जियमा दुई र आयरल्याण्डमा एक जनाको मृत्यु भएको छ । आँधीका कारण भएको सडक दुर्घटनामा परी फ्रान्सको उत्तरी क्षेत्रमा ३० जनाभन्दा बढी घाइते भएका छन् । आँधीका कारण जर्मनीको १ हजार किलोमिटर रेलको ट्रयाकमा क्षति पुगेको छ ।