सत्तागठबन्धनले एमसीसीबारे आज निर्णायक छलफल गर्दै

सत्तागठबन्धनले एमसीसीबारे आज निर्णायक छलफल गर्दै



काठमाडौं । सत्तागठबन्धनले एमसीसी सहयोग सम्बन्धमा आज निर्णायक छलफल गर्ने भएका छन् । छलफलका लागि गठबन्धनको बैठक आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यक्रम छ । गत शुक्रवार बसेको बैठकमा अमेरिकी सहयोग एमसीसीवारे गम्भीर छलफल भएपनि गठबन्धनले सहमतिका लागि कुनै निर्णय गर्न सकेको थिएन ।

गठबन्धन बैठकले निर्णय लिनुअघि सत्तासाझेदार पार्टीहरुको आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक आज बस्ने गरी स्थगित भएको थियो । मूलत: एमसीसी सम्झौताको प्रस्ताव संसदमा लैजाने विषयमा सत्तागठबन्धनवीच फरक-फरक धारणा रहिआएको छ ।

सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस एमसीसी परियोजना सम्झौता संसदमा दर्ता गरी ठोस निर्णय गर्ने पक्षमा छ भने गठबन्धनकै प्रमुख घटकहरु नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी यथास्थितिमा एमसीसी पारित गर्न नसकिने भएकाले सहमति खोज्नु पर्ने अडानमा रहेका छन् ।