बेलारुसमा रुसको सैन्य अभ्यासः युद्धको खतरा झन् बढेको अमेरिकी दाबी

बेलारुसमा रुसको सैन्य अभ्यासः युद्धको खतरा झन् बढेको अमेरिकी दाबी



रुसले बेलारुसमा सैन्य अभ्यास बढाएको भन्दै युक्रेन माथि छिट्टै आक्रमण गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी बिङ्केनले दाबी गर्नुभएको छ । युक्रेनसँग सीमा जोडिएको मुलुक बेलारुसमा झण्डै ३० हजार रुसी सैनिक तैनाथ गरिएपछि युक्रेनमा सम्भावित युद्धको खतरा झन् बढेको र कुनै पनि बेला आक्रमण हुन सक्ने अमेरिकी दाबी छ ।

रुसले बेलारुसमा सैनिक अभ्यास बढाएपछि पूर्वी युक्रेनमा थप तनाव भएको बताइएको छ । अमेरिकी गुप्तचरहरुले अपुष्ट स्रोतबाट प्राप्त गरेको सूचना अनुसार रुसी कमाण्डरहरुले युद्धको निर्देशन दिइसकेका छन् ।

युक्रेनले भने तत्काल रुसले आक्रमण गर्न सम्भव नभएको जनाएको छ । युक्रेनले आफ्नो सीमा नजिकै कुनै पनि सैन्य गतिविधि नभएको जनाएको छ । रुसले पनि छिमेकी मुलुक युक्रेन माथि कुनै पनि आक्रमणको योजना नरहेको भन्दै अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ ।