एमसीसी संसदमा टेबल भएपछि एमाले दबाबमा

एमसीसी संसदमा टेबल भएपछि एमाले दबाबमा



काठमाडौं । सरकारले सदनमा एमसीसी टेबल गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दबाबमा परेको छ । संसदमा एमसीसी टेबल भएपछि मात्रै आफ्नो धारणा दिने बताउँदै आएको एमाले फागुन १२ गतेको संसद बैठकअघि नै धारणा बनाउने तयारीमा जुटेको छ ।

हिजो सदनमा एमसीसी टेबल भएपछि बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले निर्णयार्थ पेस हुने बेलामा मात्रै धारणा बनाउने संकेत गरेका छन् ।

तर सांसद र शीर्ष नेतृत्वले अब एउटा दृष्टिकोण बनाएर अघि बढ्नुपर्ने दबाब ओलीलाई दिन थालेका छन् । पार्टी विरोधमा रहँदारहँदै नेता भीम रावलले एमसीसी टेबलको प्रक्रियामा भाग लिएका थिए । उनले एमसीसी टेबल नै हुन नहुने बताएका छन् ।

तर पार्टी निर्णय विपरित रावललाई बोल्न दिएको भन्दै एमालेले सभामुखसँग आपत्ती पनि जनाएको छ । यसबारे रावलसँग पनि सोधपुछ गरिने प्रमुख सचेतक विशाल भट्टराईले बताए । पार्टीले धारणा प्रष्ट नपर्दा सांसदहरू नै विभाजित हुने अवस्था आएकाले एमालेले केही दिनभित्रै धारणा प्रष्ट पार्ने तयारी गरेको छ ।