माओवादी नेताले भने– मलाई रक्सी खुवाएर एमाले प्रवेश गराइयाे

माओवादी नेताले भने– मलाई रक्सी खुवाएर एमाले प्रवेश गराइयाे



डोटी। डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन् । ६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै उनले आफूबाट भएको कमी कमजोरीप्रति क्षमा याचना गरेका छन् ।