एमसीसीबारे समान धारणा बनाउन राजनीतिक नेतृत्वहरुबीच भेटवार्ता र छलफल तीब्र

एमसीसीबारे समान धारणा बनाउन राजनीतिक नेतृत्वहरुबीच भेटवार्ता र छलफल तीब्र



काठमाडौं । अमेरिकी सहयोग परियोजना सम्झौता एमसीसी प्रस्ताव संसदमा पेश भएपछि राजनीतिक दलहरुले आ-आफ्नो रणनीति बनाउन आन्तरिक र अन्तरपार्टी बैठक र भेटवार्ता बढाएका छन् ।

सत्तागठबन्धन दलहरुकै सहमतिमा सम्झौता प्रस्ताव संसदमा टेबुल भएपनि त्यसलाई पारित गर्ने विषयमा अझै साझा निष्कर्षमा सत्तासाझेदार दलहरु नै पुग्न सकेका छैनन् ।

संसदमा टेबुल भएको प्रस्ताव आगामी १२ गते विहिवारदेखि छलफल हुने कार्यक्रम रहेकाले पनि दलहरुलाई प्रस्तावको विषयमा आ-आफ्नो दृष्टिकोण बनाउनु पर्ने बाध्यता छ ।

सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस एमसिसी पारित गर्ने पक्षमा छ भने प्रमुख सत्तासाझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी जस्ताको तस्तै पारित गर्न नहुने अडानमा छन् । यता प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सत्तासाझेदार दलको साझा निर्णयको पर्खाईमा रहेको छ ।

यसैवीच नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसीसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहेका छन् ।

एमसीसीबारे संसदमा प्रतिनिधित्वमा रहेका राजनीतिक दलका सबै नेतासँग आफूले कुराकानी अघि बढाएको उनले बताए । यस्तै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पत्रकार सम्मलेन गरी एमसीसी राष्ट्र हितमा भएकाले यसलाई सदनबाट पारित गरेरै छाड्ने बताए ।

उनले गठबन्धनमा आवद्ध दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको बताए । उनले एमसीसीका बारेमा नियोजित रुपमा प्रचारबाजी गरिएको धारणा राखेका थिए ।

मतदान गर्न

बाँकी