सरकारको अनुरोधमा संसद बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने 

सरकारको अनुरोधमा संसद बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने 



काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित भएको घोषणा गरे । बैठक भोलि शुक्रबार बस्नेछ ।

आजको बैठकमा अमेरिकी च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफल हुने कार्यसूचिमा थियो । दलहरुबीच सहमति जुटाउनका लागि सरकारले आजका लागि बोलाइएको बैठक स्थगित गरेको बताइएको छ ।