आयो प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची, भोलि एमसीसीबारे छलफल हुने

आयो प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची, भोलि एमसीसीबारे छलफल हुने



काठमाडौं । प्रतिनिधिसभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। प्रतिनिधिसभा सचिवालयले आइतबारको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमकाअनुसार प्रतिनिधिसभाको बैठक १ बजे बस्ने छ । त्यसअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ ।

भोलिको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन २०७७र७८ पेश गर्ने कार्य सूची रहेको छ । त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसीसी) माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ।