युद्धको पीडामा युक्रेनः ३ बालबालिकासहित २ सय बढी युक्रेनीको मृत्यु

युद्धको पीडामा युक्रेनः ३ बालबालिकासहित २ सय बढी युक्रेनीको मृत्यु



लन्डन । रुसी आक्रमणमा निसानामा युक्रेनी राजधानी किभ/मध्यरातदेखि नै साइरन सहित मिसाइल हान्ने चेतावनी/ हालसम्म झण्डै २ सय जनाको मृत्यु । आक्रमणका क्रममा युक्रेनको राजधानी किभ प्रवेश गरेका रुसी सेनाले मध्यरातभन्दा केही समय अघि नै हवाई आक्रमणसहित मिसाइल हान्ने चेतावनी दिएको छ ।

किभमा शनिबार साँझदेखि नै सोमबारसम्मका लागि कर्फ्यु लगाइएको छ । रुसी सेनाले नागरिकहरुलाई लक्षित गरी आक्रमण गरेको भन्दै निन्दा गरिएको छ । रुसी आक्रमणमा परी हालसम्म झण्डै २ सय जना युक्रेनीको मृत्यु भइसकेको छ । मारिनेमा ३ जना बालबालिका समेत रहेका छन् ।

आक्रमणका क्रममा १ हजार जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा ३३ जना बालबालिका समेत रहेका छन् । देश जोगाउनका लागि सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खवर पठाए पनि उहाँले अस्वीकार गर्नु भएको छ । अमेरिकी अधिकारीहरूलाई युद्धको मैदानमा देश र जनतालाई छोडेर आफू कतै जनाने जवाफ युक्रेनी राष्ट्रपति जेनेन्स्कीले दिनु भएको छ ।

युद्धका लागि आफूलाई हतियार चाहिएको बताउँदै जनतासँगै देशमै रहेर देश बचाउने बताउनु भएको छ । उहाँले जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु भन्ने अभिव्यक्तिको सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ ।