एमसीसी अनुमोदनको निर्णय लिन नेकपा (एस) काे सचिवालय बैठक बस्दै

एमसीसी अनुमोदनको निर्णय लिन नेकपा (एस) काे सचिवालय बैठक बस्दै



काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।

प्रतिनिधिसभा बैठकको दुई घन्टा अघि अर्थात् बिहान ११ बजे बस्ने बैठकले एमसीसी परियोजनाका बारेमा पक्षमा उभिने कि सो परियोजनाका बारेमा विरोध दर्ज गराउँदै अगाडी बढाउन दिने ? भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिनेछ ।