निर्माण व्यवसायीलाई चुनाव लाग्यो, अध्यक्षमा तीनजना भिड्ने

निर्माण व्यवसायीलाई चुनाव लाग्यो, अध्यक्षमा तीनजना भिड्ने



काठमाडौं । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवासायी महासंघको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको छ । यस पटक वर्तमान अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र विकोई विल्डर्सका हुमनाथ कोइरालाबीच नेतृत्वका लागि भिड्न्त हुने अनुमान गरिएको छ । महासंघको फागुन २७ र २८ गते हुने २३ औं साधारणसभा तथा १२ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने महासंघले जनाएको छ ।

२३औ साधारण सभा एवम् निर्वाचनमा मुख्य प्रतिनिधि, प्रतिनिधि र पर्यवेक्षक पठाउन नेपाल निर्माण व्यवसायी महासंघ, अनामनगर काठमाडौंबाट सम्पूर्ण प्रदेश निर्माण व्यवसायी महासंघ, सम्पूर्ण जिल्ला निर्माण व्यवसायी संघ, एशोसियट सदस्य एवं वस्तुगत संघ सदस्यहरुमा २०७८ फागुन १५ गते पत्रचार भइसकेको जानकारी प्राप्त भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघपछि नेपाल निर्माण व्यवसायी महासंघ सबैभन्दा ठूलो र संगठित संस्था हो । ७ प्रदेश, ७७ जिल्ला, १ एसोसियट तथा १ वस्तुगत संघ गरी ८६ संघबाट करिव १ हजार २ सय प्रतिनिधिहरुले मतदान गर्न पाउने छन् । करिब १ हजार पर्यवेक्षकको सहभागिता रहने छ । करिब २८ हजार ७ सय ९१ निर्माण व्यवसायीहरु सार्वजनिक खरिद अनुगमन कार्यालयमा दर्ता रहेका छन् भने करिब २३ हजार सदस्य आवद्ध रहेको महासंघले जनाएको छ ।