रुस र युक्रेनबीच शान्तिवार्ता सुरु

रुस र युक्रेनबीच शान्तिवार्ता सुरु



बेलारुस र युक्रेनको सीमा क्षेत्रमा रुस र युक्रेनबीच शान्तिवार्ता सुरु भएको छ । वार्तामा लागि युक्रेनद्वारा युद्धविराम माग समेत गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

युक्रेनी अधिकारीहरुका अनुसार वार्ताको मुख्य विषय युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेनाको फिर्ती रहेको छ। यसअघि बन्दोबस्ती तथा सुरक्षा कारण उक्त वार्ता स्थगित भएको बताइएको थियो।

रुसले युक्रेनमाथि सैन्य कारबाही थालेको पाँचौँ दिनमा प्रवेश गरेका बेला युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीले आगामी २४ घण्टा महत्त्वपूर्ण हुने बताएका छन्।