मोरक्कोमा इनारमा खसेका ५ वर्षीय बालकको दुःखद अन्त्य

मोरक्कोमा इनारमा खसेका ५ वर्षीय बालकको दुःखद अन्त्य



मोरक्कोमा इनारमा खसेका ५ वर्षीय बालकको मृत्यु भएको छ । ३२ मिटर लामो साँघुरो इनारमा खसेका रायन नाम गरेका ती बालकको जीवितै उद्दारका लागि सरकारले चारदिन निरन्तर प्रयास गरेको थियो ।

तर उद्दारको दुःखद अन्त्य भएको छ । बालकलाई इनारबाट निकाल्दा घटनास्थलमा खुसीले चिच्याएको ठूलो भीड जब बालकको मृत्यु भइसकेको खबर बाहिरियो शोकमा बदलिएको थियो । बालकलाई उद्दारकर्ताहरुले शनिबार साँझ इनारबाट निकालेका थिए । बालकलाई इनारबाट निकाल्नु अघि घटना स्थलमा ठूलो भीड जम्मा भएको थियो ।

फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा रायनको जीवन रक्षाका लागि कामना गर्नेहरुको संख्या ठूलो थियो । तर चारदिनपछि उद्दार गरिएका बालकको मृत्यु भइसकेको खबरले सबैलाई स्तब्ध बनाएको छ ।

बालकको मृत्यु प्रति मोरक्का राज मोहम्मद-पाँचौले गहिरो दुःख व्यक्त गर्दै शोक सम्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । बालक खसेको इनार नजिकै अर्को समानान्तर इनार खनेर बालकलाई निकालिएको थियो । बालकका बुवाले इनारको मर्मत गर्न क्रममा रायन इनारमा खसेका थिए ।