प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन

प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन



काठमाडौं । नेपालमा अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) संसदले अनुमोदन गरे लगत्तै अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिकेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका छन्। विदेशमन्त्री ब्लिकेनले मंगलवार दिउँसो प्रधानमन्त्री देउबालाई फोन गरेका हुन्। प्रधानमन्त्री देउबाको निरन्तरको प्रयासमा आइतवार मात्र संसदमा एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो।

प्रधानमन्त्री देउवासंगको टेलिफोन वार्तामा अमेरिकी विदेशमन्त्रीले नेपाल–अमेरिका बीचको ७५ वर्ष लामो कुटनीतिक सम्बन्धमाथि प्रकाश पार्दै नेपालले एमसीसी सम्झौंता अनुमोदन गर्दै अघि बढ्ने निर्णय गरेकोप्रति ‘नोट’ गरेको उल्लेख गरे। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग नेपालले अघि बढ्ने निर्णयले विद्युत् प्रसारण र सडक आयोजनाले रोजगारी, पूर्वाधार र जनजीवनमा सुधार ल्याउने विदेशमन्त्रीले बताए । फोन वार्तापछि विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विदेशमन्त्री ब्लिकेनले कोभिड–१९ महामारीको संकटपछिको स्थितिलाई पुनः अझ बलियो बनाउन र जलवायु संकटलाई सम्बोधन गर्ने दिशामा संगै मिलेर काम गर्ने सहमति समेत जनाएका छन्।

युक्रेनमाथि रूसी आक्रमणबारे संवाद

युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला ब्लिन्केन र देउवाबीच रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता, भौगोलिक अखण्डताबारे आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री एन्टोनीले ट्वीटरमा उल्लेख गरेका छन् ।

ब्लिनकनले भनेका छन्- ‘रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएकाे छ । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं ।’
नेपालका प्रधानमन्त्री देउवाको सचिवालयले भने यसबारे कुनै ‍औपचारिक टिप्पणी गरेकाे छैन । नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा मतदान गरेको थियो ।

फोन वार्तापछि विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति