नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिए । बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ । कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।