१९ सदस्य जना राष्ट्रिय सभा सदस्यहरूको शपथ शनिबार

१९ सदस्य जना राष्ट्रिय सभा सदस्यहरूको शपथ शनिबार



काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ यही फागुन २१ गते शनिबार हुने तय भएको छ । राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार विहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको संघीय संसद‍् सचिवालयले जनाएको छ । १२ माघमा भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए ।

सपथ लिदै गरेका १९ सदस्य

प्रदेश १ बाट नेकपा एकीकृत समाजवादीकी जयन्ती देवी राई, नेकपा एमालेका सोनाम गेल्जेन शेर्पा र नेपाली का‌ग्रेसका गोपालकुमार बस्नेत निर्वाचित भएका छन्। । मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जसपा नेपालका मोहम्मद खालिद निर्वाचित भएका छन्।

बाग्मती प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सीना र नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन्। गण्डकी प्रदेशबाट नेपाली काँग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेशकुमार आलेमगर चुनिएका छन्।

लुम्बिनीबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र नेपाली काँग्रेसका युवराज शर्मा निर्वाचित भएका छन्।

कर्णाली प्रदेशबाट नेपाली काँग्रेसकी दुर्गा गुरुङ्, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहरा चुनिएका छन्।

सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी गरिमा शाह, नेकपा माओवादी केन्द्रका जगतबहादुर पार्की र नेपाली काँग्रेसका नारायणदत्त मिश्र निर्वाचित भएका छन्।