कांग्रेस महोत्तरीमा नेतृत्वका लागि त्रिपक्षीय भिडन्त

कांग्रेस महोत्तरीमा नेतृत्वका लागि त्रिपक्षीय भिडन्त



नेपाली कांग्रेस महोत्तरीकाे नेतृत्व चयनका लागि भाेलि २० फागुनमा हुन लागेकाे निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएकाे छ । जिल्ला सभापतिको लागि यहाँ तीन जना मैदानमा उत्रिएका छन् ।

नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी दिएका छन् । पौडेल पक्षकै केहि नेताले देउवा प्यानलका उम्मेदवार नागेश्वर यादवलाई समर्थन गरिरहेको स्थानीय कार्यकर्ताकाे भनाइ छ ।

पौडेल समूहका भनेर चिनिने रामचन्द्र तिवारी र किरण यादवले देउवा समूहका उम्मेदवारलाई समर्थन गरेपछि पौडेल प्यानलवाट उम्मेदवारी दिएका बजरङ्ग नेपाली अल्पमतमा पर्ने निश्चित रहेकाे उनीहरूकाे दावी छ ।

तर, आफ्नै प्यानलका उम्मेदवारलाई रामचन्द्र र किरणले किन असहयोग गरिरहेका छन् भन्ने बिषय नेताकार्यकर्ताबीच चर्चामा छ । पौडेल समूहकै छलफलबाट उम्मेदवार बनेका नेपालीलाई अन्तिम समयमा आएर धोका हुन लागेको पौडेल समुहको निष्कर्ष छ ।

`अधिबेशन त निश्चित भयो तर, आफ्नै प्यानलका नेताहरुले धोक्का दिने स्थिति बन्दैछ,’ कांग्रेस महोत्तरीका सचिव सम्भु पाठकले भने ।

पौडेल प्यानलमा समेत रहेका पाठकले बजरङ्ग नेपालीले जित्ने निश्चित हुँदाहुँदै रामचन्द्र तिवारी र किरण यादवले विपक्षी प्यानलमा लविङ्ग गरेको आरोप लगाए ।