२० देशका रिक्त राजदूत नियुक्तिका लागि प्रधानमन्त्री परामर्शमा

२० देशका रिक्त राजदूत नियुक्तिका लागि प्रधानमन्त्री परामर्शमा



काठमाडौं । एमसीसी संसदबाट पारित भएपछि सरकार राजदूत नियुक्तिका विषयको छलफलमा केन्द्रीत बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत नियुक्तिको विषयलाई प्राथमिकता दिएर छलफल थालेको छन् ।

प्रधानमन्त्री देउवाले यस विषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि आन्तरिक छलफल गरेका छन् भने सत्ता साझेदार दलका नेताहरूसँग पनि परामर्श शुरु थालेका छन् ।

प्रधानमन्त्री देउवाले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई राजदूतको नाम दिन आग्रह गरेका छन् । नेपालका लागि विभिन्न २० देशका राजदूतको पद रिक्त रहेकाले सरकारले यसको पदपुर्तीको लागि कसरत थालेको हो ।