डलरको भाउ ऐतिहासिक उचाइँमा

डलरको भाउ ऐतिहासिक उचाइँमा



काठमाडौं । अमेरिकि डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। रुस र युक्रेनविच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढेको हो । रुस र युक्रेनको युद्धका कारण भारतीय रुपियाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंगलबार अमेरिकि लडरको भाउ १२३ रुपैयाँ ४४ पैसा कायम भएको छ। यो अहिलेसम्मकै उच्च हो । यसअघि २०७६ चैत ४ गते डलरको भाउ १२३ रुपैयाँ २९ पैसा पुगेको थियो।

पछिल्लो केही दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२३ रुपैयाँ ४४ पैसा खर्च गर्नुपर्ने भएको छ। डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स र निर्यातमा केही फाइदा भए पनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ।

नेपालले आयात गर्ने वस्तुहरुको भुक्तानी डलरमा तिर्नुपर्ने हुन्छ। यसले गर्दा नेपालमा निर्यात हुनेभन्दा आयात हुने वस्तु निकै नै धेरै रहेकोले डलरको भाउ बढ्दा आयात गर्ने वस्तुमा समेत बढी शुल्क लाग्ने भएको छ। यसले गर्दा ती वस्तुको भाउ महँगिनेछ।