पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवा नजाने

पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवा नजाने



काठमाडौं । नेपाली कांग्रेसले बुधबार अपरान्हका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् । पार्टी कार्यालयबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलले दोस्रो पटक जारी गरेको विज्ञप्तिमा सभापति देउवाको उपस्थितिबारे केही उल्लेख गरिएको छैन । पार्टी काम तथा विशेष परिस्थितिले प्रधानमन्त्री देउवा पत्रकार सम्मेलनमा उपस्थित हुन नसक्ने बताइएको छ ।