निर्माण व्यवसायी महासंघमा को–कसको दाबी

निर्माण व्यवसायी महासंघमा को–कसको दाबी



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघकाे २३औं वार्षिक साधारणसभा एवम् नेतृत्व चयनको लागि जिल्ला जिल्लाबाट प्रतिनिधि आउने क्रम जारी छ । सदा झै यसपालिको महासंघको चुनाव धेरै भड्किलो हुने छैन । देशको बिग्रदो अर्थतन्त्रबीच हुन गइरहेको चुनाव, विश्व राजनीतिमा भएको परिवर्तनका कारण निर्माण सामाग्रीहरुमा चरम मुल्य बृद्धिको मारमा परेको निर्माण व्यवसायीहरु निर्माण कार्यको लयमा फर्कने अवस्था छैन ।

यस्तो विषम् परिस्थितिमा निर्माण व्यवसायीहरुको हक हितमा बुलन्द आवाज उठाउने नेतृत्व आवश्यक रहेको व्यवसायीहरुको धारण छ । चुनावमा युवा उम्मेदवारहरुको बाहुल्य रहने देखिएको छ । दिनप्रति दिन युवा जमातले नेतृत्वको लागि आफ्नो दावी पेश गर्दैछन् ।

निर्वाचनका लागि महासंघको आगामी अध्यक्षमा पाँच जना व्यवसायी आकांक्षा देखिएका छन् । अहिलेसम्म अध्यक्ष पदमा वर्तमान अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष एवं सल्लाहकार रमेश शर्मा, वर्तमान वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पूर्वमहासचिव रामशरण देउजा र नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी महासंघका अध्यक्ष हुमनाथ कोइरालाले उम्मेदवारी दिने तयारी गरेका छन् ।

महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षको पदमा आडदोर्जे (ए.डी.) लामा, धीरेन्द्र दाहाल, लक्ष्मण रानाबीच प्रतिस्पर्धा हने देखिएको छ भने एसोसियट उपाध्यक्षमा रामजी पन्त (मुकेश), भाइराजा श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएको छ । महासंघको एसोसियट उपाध्यक्षमा अच्यूत खरेलको उम्मेदवारी हल्लाले चुनावको समीकरण पूरै बदलिने देखिएको छ । महासचिव पदमा रोशन दाहाल एवम् बासुदेव उप्रेतीको भिडन्त हुने चर्चा चलेको छ ।

यसैगरी उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे, मंगल शाही, अशोक केसी उपमहासचिव (आन्तरिक) मा बालाजु श्रेष्ठ, नरहरि थपलिया, कोषाध्यक्षमा अमरबहादुर विष्ट, हिरन श्रेष्ठ, सहकोषाध्यक्षमा सन्तोष शाह, उज्वल गौतम, सरस्वती कार्की, मोहनकुमारी कालिकोटे, लक्ष्मी बस्नेतलगायतको नाम चर्चामा छ ।