निर्माण व्यवासायी महासंघमा पुनः रवि सिंह विजयी

निर्माण व्यवासायी महासंघमा पुनः रवि सिंह विजयी



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष पदमा रवि सिंह पुनः अत्याधिक बहुमतले विजयी भएका छन् । निर्वाचन समितिले यसको औपचारिक घोषणा गरेको छैन । उनले निकटतम प्रतिद्वन्द्वी निकोलस पाण्डेलाई पराजित गरी दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । यसैगरी हुमनाथ कोइराला तेस्रो भए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा (ए.डी.) विजयी भएका छन् । लक्ष्मणकुमार राना दोस्रो र धीरेन्द्रकुमार दाहाल तेस्रो भएका छन् । एसोसियट उपाध्यक्षमा रामजी पन्त (मुकेश) विजयी भएका छन् ।

यसैगरी महासचिव पदमा रोशन दाहाल, उपमहासचिव पदमा शिवहरि घिमिरे आन्तरिक कार्यभारतर्फको उपमहासचिवमा नरहरि थपलिया विजयी भए । यसैगरी गरी कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष साह विजयी भए ।