निर्माण व्यवासायी महासंघमा रवि सिंह अत्याधिक मतले विजयी (मत परिणामसहित)

निर्माण व्यवासायी महासंघमा रवि सिंह अत्याधिक मतले विजयी (मत परिणामसहित)



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष पदमा रवि सिंह पुनः अत्याधिक बहुमतले विजयी भएका छन् । उनले कूल खसेको मतको ७६५ मत पाए । महासंघमा यो उनको दोस्रो कार्यकाल हो । उनका निकटतम प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ मत मात्र प्राप्त गरे । यसैगरी तेस्रो स्थानका हुमनाथ कोइरालाको पक्षमा ३२ मत प-यो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा (ए.डी.) ले ५६३ मत प्राप्त गरी विजयी भएका छन् । धीरेन्द्रकुमार दाहाल २८९ मतसहित दोस्रो तथा लक्ष्मणकुमार रानाले २७३ मत ल्याएर तेस्रो र भएका छन् । यसैगरी एसोसिएट उपाध्यक्षमा २४ मत ल्याएर रामजी पन्त (मुकेश) विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी अच्यूतप्रसाद खरेलले १४ मत प्राप्त गरे ।

प्रदेश १ बाट उपाध्यक्षमा मोहनप्रसाद अधिकारी विजयी भए । उनले १२८ मत प्राप्त गरे भने दिपक गौतमको नाममा १०८ मत परेको थियो । मधेश प्रदेशमा शम्भु ठाकुर निविरोध भएका थिए भने बागमतिबाट बालकृष्ण थापा १३८ मतसहित विजयी भएका छन् भने उनलाई १२२ मत ल्याएर पञ्चराम तामाङ (पदम) ले चुनौति दिएका थिए ।

यसैगरी गण्डकी प्रदेशबाट खिमप्रकाश मल्ल (राजेश) ५९ मतसहित विजयी भएका छन् भने नारायण घर्ती क्षेत्री (जिसी) ले ३७ र चिरञ्जीवी पोखरेलले २५ मत प्राप्त गरे । लुम्बनी प्रदेशबाट टोपबहादुर रायमाझी ७४ र मेद्यजंग शाहले ५८ मत प्राप्त गरे । कर्णाली प्रदेशबाट रत्नबहादुर खड्का र सदूरपश्चिमबाट प्रकाशबहादुर सेठी निर्विरोध निर्वाचित भए ।

यसैगरी महासचिव पदमा रोशन दाहाल ७१९ मत ल्याएर विजयी भएका छन् । अन्य उम्मेदवारहरु बासुदेव उप्रेतीले १७२ मत, टंकप्रसाद चौलागाईं १२४, रामशरण देउवा ८८ र आनन्द अधिकारीले २३ मत प्राप्त गरे । नीतिगत उपमहासचिव पदमा शिवहरि घिमिरेले ५०० मत प्राप्त गर्दा मंगलबहादुर शाहीले ४४२ र सुरेन्द्रराज केसीले १६७ मत प्राप्त गरे । त्यस्तै आन्तरिक कार्यभारतर्फको उपमहासचिवमा नरहरि थपलिया ५५४ मत ल्याएर विजयी भए भने उनलाई ५४६ मत ल्याएर बालाजु श्रेष्ठले चुनौति दिएका थिए यसैगरी गरी कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठले ६३८ मत ल्याएर विजयी भए भने अमरबहादुर विष्टले ४८१ मत प्राप्त गरे ।

यता, सहकोषाध्यक्षमा २९३ मत ल्याएर सन्तोष साह विजयी भए । लक्ष्मी बस्नेत (कार्की) १६९, मोहनकुमारी कालिकोटेले १३७, जयकुमार ढकालले ५४, बबिता कटुवालले १८८, माधव घिमिरेले ७८, सरस्वती कार्कीले १४० मत प्राप्त गरिन् । खुल्ला सदस्यतर्फ प्रमोद लामिछानेले ५४३, चन्द्रशेखर मल्ल ४७७, अशोककुमार केसी ५५४, राजकुमार वास्ताकोटी ३६६ र रविन जोशीले ३५५ मत प्राप्त गरी विजयी भए ।