स्थानीय निर्वाचन अभियानमा सहभागी हुन प्रधानमन्त्री देउवा नुवाकोटमा

स्थानीय निर्वाचन अभियानमा सहभागी हुन प्रधानमन्त्री देउवा नुवाकोटमा



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तहस्तरका कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।

बिहान ११ बजे नुवाकोट पुगेका देउवाले त्यहाँ दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने परियारले बताए । साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

देउवाको साथमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, बहादुरसिंह लामा, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसीलगायत छन् । सबै कार्यक्रम सकेर देउवा दिउँसो ३ बजेपछि काठमाडौं फर्कने प्रवक्ता डा. महतले ग्लोब नेपाललाई जानकारी दिए ।

मतदान गर्न

बाँकी