विप्लव नेतृत्वको नेकपाको केन्द्रिय समिति बैठक कपिलवस्तुमा शुरू

विप्लव नेतृत्वको नेकपाको केन्द्रिय समिति बैठक कपिलवस्तुमा शुरू


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको बैठक शुरू भएको छ । पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडिमा पार्टीको १२ औं पुर्ण बैठक शुरू भएको हो । बैठकमा संसद्ले हालै पारित गरेको एमसीसी, निर्वाचनमा भाग लिने नलिनेबारे पार्टीको धारणा तय गर्ने छ । संसदीय व्यवस्थाको विरोध गर्दै आएको नेकपा स्थानीय तह निर्वाचनमा सहभागि हुने चर्चा चलिरहेको छ । यो विषयमा पार्टीभित्र थरी थरीका धारणा छन् ।

पार्टी महासचिव विप्लव नै निर्वाचनमा सहभागि हुनुपर्ने पक्षमा छन् । त्यस्तै पार्टी प्रवक्ता प्रकाण्ड पनि स्थानीय तहको निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर, अन्य नेताहरू भने तत्काल निर्वाचनमा जान नहुने अडानमा छन् । जुन विषयमा केन्द्रिय समिति बैठकले ठोस धारणा बनाउनेछ ।