निर्वाचन आयोगको आचारसंहिताः जसपा नेताको मिश्रित प्रतिक्रिया

निर्वाचन आयोगको आचारसंहिताः जसपा नेताको मिश्रित प्रतिक्रिया


ग्लोब नेपाल
135
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले निर्वाचन आयोगले स्थानीय तह चुनावमा उम्मेदवार बन्न अहिलेका जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने प्रावधान तय गरेको बारे फरक-फरक धारणा व्यक्त गरेका छन् । पार्टीका नेता डा. सूर्यनारायण यादवले यो विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको प्रतिक्रिया दिए । उनल् आफ्नो व्यक्तिगत विचारमा आयोगको आचारसंहिता गलत भएको तर्क गरे ।

स्थानीय तहका बहालवाला पदाधिकारीको पदको म्याद आफै सकिने भन्दै चुनावमा उम्मेदवारी दिनुपर्ने भएकै कारण राजीनामा दिनु व्यावहारिक रूपमा अप्ठेरो विषय भएको उनको भनाइ छ । जनप्रतिनिधिलाई योजनागत हिसाबले काम गर्ने वातावरण पनि नहुने उनले बताए । जसपा नेतृ अमृतादेवी अग्रहरीले भने आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको प्रशंसा गरेकी छन् । ‘यस विषयमा हाम्रो पार्टीले आधिकारिक धारणा तय गर्ला, तर मलाई आयोगको स्थानीय तह चुनाव आचारसंहिता ठिक लाग्यो । एउटा व्यक्ति सधै जनप्रतिनिधि हुन सक्दैन र मिल्दैन पनि । यदि उम्मेदवारी दिने हो भने उसले राजीनामा दिएर अगाडि बढ्नुपर्छ,’ उनले न्युज कारखानासँग भनिन् ।