विभिन्न मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ


ग्लोब नेपाल
297
Shares

झापा । बैंकिङ कसूर मुद्दा र बहुविवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बाह्रदशी गाउँपालिका–२ का ४२ वर्षीय नर प्रसाद पनेरू र बहुविवाह मुद्दाका फरार प्रतिवादी अर्जुनधारा नगरपालिका–३ घर भएका २९ वर्षीय राजु श्रेष्ठ रहेका छन् । उनीहरूमध्ये नर प्रसाद पनेरूलाई उच्च अदालत पाटनले २०७७ माघ २० गते २ दिन कैद, ३ लाख ८७ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा १५ हजार ४ सय ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय सुनाएको थियो ।

यस्तै, राजु श्रेष्ठलाई जिल्ला अदालत झापाको २०७५ कात्तिक २९ गते १ वर्ष २५ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ ।