एलिना बनिन् पिपल्स च्वाइस

एलिना बनिन् पिपल्स च्वाइस


ग्लोब नेपाल
81
Shares

काठमाडौं । टेबलटेनिस खेलाडी एलिना महर्जनले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस जितेकी छन् । एलिनाले सर्वाधिक भोट ल्याउँदै पिपल्स च्वाइस अवार्ड जितिन् । एलिनाले कुल मतको ४७.८३३ प्रतिशत मत प्राप्त गरिन् ।

एलिना महर्जन नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी हुन् । उनले दक्षिण एसियाली खेलकुद सागमा लगातार दुई पदक (१२ र १३ औं) महिला टिम इभेन्टमा कांस्य पदक जितेकी थिइन् ।

उनले खेलजीवनसँगै प्रशिक्षण जीवन समेत शुरु गरिसकेकी छन् । उनी हाल स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट नयाँ प्रतिभा उत्पादनमा सक्रिय छिन् । सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएकी एलिनाले १३औं दक्षिण एसियाली खेलकुदमा पाएको पुरस्कारबाट कोभिड १९ प्रभावितलाई खाद्यान्न लगायतका सामग्री सहयोग गरेकी थिइन् । पारिवारिक पृष्ठभूमि नै टेबलटेनिस रहेकाले एलिना स्पोट्र्स कल्चरमै हुर्किएकी थिइन् ।

एलिनाका दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन, भाउजू नबिता श्रेष्ठ सबै टेबल ठेसिनका राष्ट्रिय स्तरका खेलाडी हुन् । नेपाली टेबलटेनिसमा पछिल्लो समय चर्चाको शीखरमा रहेकी एलिना पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी छिन् ।

मनोनयनमा परेपछि खुसी व्यक्त गर्दै खेलाडीलाई हौसलाको कमी रहेको र अवार्डले त्यसमा सहयोग गर्ने उनले बताइन् । ‘खेलाडीलाई हौसलाको एकदमै खाँचो छ तपाइंहरूले त्यो गरिदिनु भएको छ खुसी छु,’ मनोनयनमा परेपछि एलिनाले भनेकी थिइन्, ‘म मनोनयनमा परेको भन्दा पनि टेबलटेनिस परेको हो । अझै यस्तो मोटिभेसन मिलिरहोस् ।’

यसपटक पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल मनोनयनमा थिए ।