ओली प्रधानमन्त्री हुँदा भएको भ्रष्टाचार र संविधान मिचेको कुरा जनतामा पुर्‍याउनु पर्छ : गुरुङ

ओली प्रधानमन्त्री हुँदा भएको भ्रष्टाचार र संविधान मिचेको कुरा जनतामा पुर्‍याउनु पर्छ : गुरुङ


ग्लोब नेपाल
54
Shares

तेह्रथुम । केपी ओली प्रधानमन्त्री हुँदा गरेको भष्ट्राचार अनियमितता र संविधान मिच्ने काम जनतासामु पुर्‍याउनु पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री सिता गुरुङले बताएकी छन् ।

घर घरमा जाउँ नेपाली कांग्रेसलाई जिताउँ भन्ने मूल नाराका साथ तेह्रथुमको छथर शुक्रबारे बजारमा आयोजित कार्यक्रममा गुरुङले यस्तो बताएकी हुन् । ‘स्थानीय सरकार देखि केन्द्र सरकारसम्म नेकपाको सरकारले गरेको भष्ट्राचार,योजना अनियमितता कर्मचारी सरुवा बढुवामा भएको बेथिति गर्दै आएको छ । ओली सरकार हुँदा जनतालाई झुक्याएको नेकपा सरकारले गरेको गलत कामहरुलाई जनताको घर घरमा पुर्याउनु पर्छ ’उनले भनिन् ।

निर्वाचन नजिकिँदै गर्दा कांग्रेस तेह्रथुमले आफ्नो गतिबिधीलाई तिब्रता दिन थालेको छ । तेह्रथुम जिल्लाको ५ वटा स्थानीय तह गत निर्वाचनमा वाम गठबन्धनले जितेपछि सुशासनमा जित्न नसकेको नेपाली कांग्रेसका महासमिति सदस्य तुलसी सुब्बाले बताए । नेकपाले जितेका पालिकाहरुमा चरम भष्ट्रचार भएको र चुनावमुखी कार्यक्रमहरु ल्याउँदै जनताको आँखामा छारो हाल्दै आएको सुब्बाले बताए ।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति अर्जुन तुम्बाहाम्फे, पूर्व जिल्ला सभापति गोबिन्द ढुङ्गाना, महासमिति सदस्य टेकराज तिगेला, छथर सभापति रामचन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए।