लमजुङका गाउँगाउँमा दलहरूकाे चुनावी लक्षित अभियान

लमजुङका गाउँगाउँमा दलहरूकाे चुनावी लक्षित अभियान


ग्लोब नेपाल
81
Shares

लमजुङ । निर्वाचन मिति नजिकिँदै जाँदा लमजुङका स्थानीय तहहरूमा राजनीतिक सरगर्मी बढेको छ । राजनीतिक दलका नेता कार्यकर्ता अहिले चुनावी अभियान लिएर गाउँगाउँ पुगेका छन् ।
एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, संसदीय दलका प्रमुख सचेतक एवं पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारी, केन्द्रीय सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेश सचिव धनञ्जय दवाडीलगायत गाउँगाउँमा जनवर्गीय संगठनको भेला, अधिवेशन, सम्मेलन, पार्टी सदस्यता वितरण, नवीकरणसहित पार्टी प्रवेश कार्यक्रम गरिरहेकाे बताए ।

कांग्रेस जिल्ला कार्यसमितिका सचिव विमल श्रेष्ठले पनि वडा भेला, छलफल, भ्रातृ संगठन गठन लगायत काम भइरहेको बताए । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सुनील सुनारले जिल्लामा छलफल र भेटघाट जारी रहेकाे प्रस्ट पारे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामबाबु अधिकारीले पार्टी केन्द्रीय निर्णय बमोजिम १५ दिने अभियान सञ्चालन भइरहेको बताए ।