देउवाले गठबन्धन लाद्न खोज्नु भयो भन्नु झुट हाे, आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ : कांग्रेस प्रवक्ता महत

देउवाले गठबन्धन लाद्न खोज्नु भयो भन्नु झुट हाे, आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ : कांग्रेस प्रवक्ता महत


ग्लोब नेपाल
648
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन नलादिने बताएका छन् । शुक्रबार सुरु कांग्रेस केन्द्रीय समितिको बैठक पछि प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेकाे भन्दै चर्चा गरिएको र उक्त कुरा झुटो भएको बताएका छन् ।

उनले बैठकमा प्रदेशहरुबाट फरक फरक ठाँउहरुबाट विभिन्न फरक फरक सुझावहरु आएको र छलफल पछि टुंगोमा पुग्ने बताएका छन् । आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने र कतै गठबन्धन नगरे पनि हुने भनेर फरक फरक ठाउँहरुबाट रिपोर्टहरु आएको उनले बताए ।

‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ भन्ने सुझावहरु आएका छन् । आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ । सभापति शेरबहादुर देउवाले गठबन्धन लाद्न खोजेको भन्ने झुटो कुरा हो’ उनले भने ।