स्थानीय तहको चुनावका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गरिँदै

स्थानीय तहको चुनावका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गरिँदै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । यसअघि आयोगले नामावली सच्याउन एक साताको समय दिएको थियो । अन्तिम नामावली प्रकाशनसँगै मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको गरिसकेको छ । आयोगले करिब २ करोड मतपत्र छाप्ने तयारी गरेको बताएको छ ।