राप्रपा केन्द्रीय कार्यसम्पादन समिति २० सदस्यीय

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति २० सदस्यीय


ग्लोब नेपाल
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् ।

कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी छन् । यस्तै, महामन्त्रीहरू डा.धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह पनि समिति सदस्यमा छन् ।

केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार कार्यसम्पादन समितिमा रहेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।