श्रीलंकामा परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता 

श्रीलंकामा परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता 


ग्लोब नेपाल
0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ । 

बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् । 

भेटवार्तामा अप्रिल १ बाट सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको परराष्ट्रले जानकारी दिएको छ ।