चार वर्षमा पनि बनेन ठोट्ने खोलाको पुल

चार वर्षमा पनि बनेन ठोट्ने खोलाको पुल


ग्लोब नेपाल
2.2k
Shares

ओखलढुंगा । जिल्लाको पूर्वी क्षेत्र चिसंङ्खु गढी गाउँपालिका तथा खोटाङ जिल्ला जानका लागि सिद्धिचरण नगरपालिकाको रुम्जाटारबाट पूर्वी सीमानामा रहेको ठोट्ने खोलाको पुलमा डिभिजन सडक कार्यालय हर्कपुरबाट ठेक्का लागेका तीनवटा पुलको निर्माण प्रगति सुस्त रहेको छ । उक्त पुल यस वर्ष पनि निर्माण कार्य सम्पन्न हुने छाँटकाँट छैन ।

काडमाडौंको खम्पाचे निर्माण सेवा प्रा.लि.ले तीनवटै पुलको निर्माणको जिम्मा लिएकोमा काममा खासै प्रगति हुन सकेको छैन । नेपाल सरकारले चैत मसान्तसम्मको म्याद थप गरी काम वातावरण बनाउँदासमेत निर्माण कम्पनीले सो म्याद थपको सदुपयोग गरेको देखिएन, स्थानीय बताउँछन् ।

बर्णालु– ओडारे– लेखखर्क, चिसापानी जोड्ने पुल र रुम्जाटार माम्खा जोड्ने तथा रुम्जाटार–चार्खु– खानीभञ्ज्याङ र कुइभिर जोड्ने पुल पनि २०७५ ठेक्का लागेको थियो ।

चिसङ्खगढी जाने बाटोमा पर्ने तीनवटै पुल नबन्दा बर्खासँगै त्यस क्षेत्रका जनताले आवात–जावत समस्या हुन्छ भने खाद्यन्नलगायत सामाग्री ढुवानी ठप्प हुनुका साथै स्थानीयलाई स्वास्थ्यमा समस्या भए एम्बुलेन्ससमेत जान सक्ने अवस्था छैन् ।