पाकिस्तानीमा आज अविश्वास प्रस्तावमाथि मतदान हुँदै

पाकिस्तानीमा आज अविश्वास प्रस्तावमाथि मतदान हुँदै


ग्लोब नेपाल
189
Shares

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा दर्ता गरिएको अविश्वास प्रस्ताव माथि आज मतदान हुँदैछ । गत बिहीबारका लागि तय गरिएको अविश्वासको प्रस्ताव माथिको मतदान आजका लागि सारिएको हो । राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडि राष्ट्रव्यापी विरोधमा उत्रन प्रधानमन्त्री खानले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री खानले पाकिस्तानका जनतालाई आफ्नो पक्षमा समर्थन जनाउन र आफ्नो विवेक प्रयोग गरी सडकमा उत्रन आग्रह गरेका हुन् । विपक्षीले आफू विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उनले यसलाई देशमाथि गरिएको धोकाको संज्ञा दिए ।

उनले पाकिस्तानका युवालाई बाह्य शक्तिहरुले गरेको षडयन्त्र विरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताएका छन् । यसैबीच हिजो दिएको एक अन्तवार्तामा प्रधानमन्त्री खानले आफ्नो ज्यान जोखिममा रहेको सूचना पाएको दावी समेत गरेका थिए ।