स्थानीय तहको चुनावका लागि मतपत्र छाप्न सुरु

स्थानीय तहको चुनावका लागि मतपत्र छाप्न सुरु


ग्लोब नेपाल
189
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि जिल्लाअनुसार फरक–फरक मतपत्र छपाइको काम सुरु गरेको छ ।

आयोगले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावको लागि हिजोदेखि मतपत्र छपाईको काम सुरु भएको हो ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइको काम सुरु भएको आयोगले जनाएको छ । आयोगका अनुसार जिल्लाबाट निर्वाचनमा भाग लिने दलहरूको सङ्ख्या अनुरुप जिल्लापिच्छे फरक–फरक आकारको मतपत्रको डिजाइन गरिएको छ ।

१ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भए पनि १० देखि १५ प्रतिशतभन्दा बढी मतपत्र छपाइ गरिने आयोगले जनाएको छ । सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट आयोगलाई दिएको छ ।