माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा

माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ । नेतृत्वको एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पेशी तोकेको थियो ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् । सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका स्रोतले बताएको छ । एमालेबाट विभाजित हुनुअघि नै एमालेले गरेको कारबाही सदर नगरेको भन्दै एमाले अदालत पुगेको थियो।

एमालेले पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोग विरुद्धसमेत अदालतमा गएका थिए। यसअघि पनि यो रिट पटकपटक पेशी तोक्दै सार्दै आइरहेको थियो।