ओखलढुंगा कांग्रेस कार्यसमिति विस्तार

ओखलढुंगा कांग्रेस कार्यसमिति विस्तार


ग्लोब नेपाल
1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमिति विस्तार भएको छ । जिल्ला सभापति तेजेन्द्र खनालले एकजना कोषाध्यक्ष र चारजना सदस्य मनोनित गरेर कार्यसमिति विस्तार गरेका हुन् ।
कोषाध्यक्ष पदमा विनोद ताम्राकार मनोनित भएका छन् भने सदस्यहरुमा संगीता तामाङ, कृष्ण खनाल, योगेश्वर अधिकारी र हरिश्चन्द्र श्रेष्ठलाई मनोनित गरिएको छ ।

कोषाध्यक्ष ताम्राकार कांग्रेसका पुराना नेता हुन् । यसैगरी सदस्य तामाङ संस्थापन इतरको मानिन्छन् । जिल्ला सभापति खनालले पार्टीमा योगदान दिएका पुराना नेताहरुलाई न्याय दिन र युवा पुस्तालाई अघि बढाउन खोजेका छन् ।